20240503

सत्तारूढ गठबन्धन खुकुलो बन्दै, तीव्र रूपमा असन्तुष्टि, गठबन्धन कतिखेर टुट्छ र नयाँ गठबन्धन बन्छ भन्न सकिन्न !

 सत्तारूढ गठबन्धन खुकुलो बन्दै गएको र नेताहरूले तीव्र रूपमा असन्तुष्टि पोखिरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ । सत्तारूढ गठबन्धनका नेताहरूको तालमेल नमिल्दा गठबन्धन कतिखेर टुट्ने र नयाँ गठबन्धन बन्ने त्यसको टुंगो नभएका बेला यो भेटघाट भएको हो । सत्तारूढ गठबन्धनमा रहेको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धन र सरकार बारेमा असन्तुष्टि व्यक्त गर्दै आएका छन् । परिस्थिति जटिल रहेको र छोटो समयभित्र गठबन्धन ‘ओल्टेकोल्टे’ गरेको बताउँदै केही दिनअघि मात्र अध्यक्ष नेपालले यो गठबन्धन पनि कति दिन टिक्छ भन्ने टुंगो नभएको टिप्पणी गरेका थिए । यस्तै, उनले वर्तमान गठबन्धनमा आफूले असहज महसुस गरेको समेत बताएका थिए ।

विश्व प्रेस स्वतन्त्रता दिवशको अबसरमा शुभकामना ।

 
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा सबै पत्रकार मित्रहरूमा शुभकामना । प्रेस स्वतन्त्रता अपरिहार्य छ र यो प्रजातन्त्रको अर्थ, धर्म र मर्म पनि हो तर प्रेस स्वतन्त्रताका नाम अहिले फैलिइरहेको जसले जे भने पनि हुने, जे बोले पनि हुने, जे लेखे पनि हुने, पत्रकार र प्रेस कार्ड भिरे पछि जे गर्न पनि पाइने, पत्रकारिताका नाममा चलेको अलपत्रकारिता र अराजकता, समग्रमा मागी खाने भाँडो र ब्ल्याकमेलिङको आधार बनेको छाडा पत्रकारितालाई मर्यादित, विश्वसनीय बनाउँदै पत्रकारिताको धर्म निर्वाह गर्न सबै पत्रकार मित्रहरूमा चेत आओस् कामना पनि गर्न चाहन्छु । छापा पत्रकारिता देखी रेडियो, टेलिभिजन हुँदै अहिलेको अनलाइन पत्रकारिता सम्म आइपुग्दा, राष्ट्रिय अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा संवाददाता देखी प्रधान सम्पादक सम्म भएर साढे तीन दशक बिताउँदै गर्दाको तीतो अनुभवका आधारमा माथिको कुरा भन्न मलाई कुनै अप्ठ्यारो लागेन । यसो भन्दै गर्दा पत्रकारिता क्षेत्रमा इमान्दारिता पूर्वक खटेका, पत्रकारिताको मर्म र धर्मलाई आत्मसाथ गर्दै काम गरिरहेका पत्रकार अग्रजहरू, सहयात्रीहरू, जुनियरहरु प्रति भने म सधै सम्मान व्यक्त गर्दछु । सबैको जय होस । 

- रामप्रसाद खनाल, प्रधान सम्पादक - नेपाल मदर डट कम, अमेरिका     

विश्व प्रेस स्वतन्त्रता दिवस: चुनौती झन् बढी

आज मे ३ अर्थात् विश्व प्रेस स्वतन्त्रता दिवस । प्रेस स्वतन्त्रताको महत्त्व र आवश्यकताका सन्दर्भमा विश्वलाई जागृत गराउन यस दिवसको विशेष महत्त्व रहेको छ । मानव अधिकार र नागरिकको नैसर्गिक अधिकारसँग प्रेस स्वतन्त्रता जोडिएको हुन्छ । संयुक्त राष्ट्र संघको निकाय युनेस्कोको आयोजनामा नामिबियाको विन्डहक सहरमा सन् १९९१ को डिसेम्बरमा भएको पत्रकार, प्राध्यापक र स्वतन्त्रता पक्षधरहरूको भेलाले स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणा-पत्र जारी गरेको थियो । तत्पश्चात्  युनेस्कोको सिफारिसमा सन् १९९३ मा भएको  संयुक्त राष्ट्र संघको महासभाले  मे ३ लाई विश्व प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाउने भनी घोषणा गरेको थियो । सोही घोषणासँगै विश्वभर मे ३ मा विश्व प्रेस स्वतन्त्रता दिवस मनाउन लागिएको हो । 

20240502

गीत : लिन्न अब पिर

औँलो दिँदा डुँडुलो नै चाहिन्छ मलाई भन्छौ भने 
काँधमा बोकी पार लाउँदा शत्रु जस्तै बन्छौ भने 
सकिन्न है शती जान ईर्ष्या डाह गर्ने सँग  
आफ्नो ठान्दा उल्टै पराइ ठानी जल्दै मर्ने सँग 
किनारा भई बस अब 
डाँडा जाऊ कि भीर, 
कृतघ्न र बैगुनीको लिन्न अब पिर । 

गुन गर्ने गुनिलाई बैगुनी लाई किन गर्नु ?
नबुझ्ने लाई बुझाउन खोज्दै कति अघि सर्नु 
कृतघ्न र बैगुनीको छैन कुनै आस गर्न 
भुलेर नि हुन्न कत्ती बैगुनीको भर पर्न 
किनारा भई बस अब 
डाँडा जाऊ कि भीर, 
कृतघ्न र बैगुनीको लिन्न अब पिर । 

किस्ती माथि राखिदिन सकिएन टाउकै काटी 
बैगुनी र नबुझ्ने त पन्छिएकै हुन्छ जाती
गर्नु कहिल्यै नपरोस् है त्यस्ता मान्छे सँग आस 
राख्नु हुन्न त्यस्ता मान्छे दिलमा अनि आस पास
किनारा भई बस अब 
डाँडा जाऊ कि भीर, 
कृतघ्न र बैगुनीको लिन्न अब पिर ।

- रामप्रसाद खनाल, मे २, २०२४, हाल अमेरिका    
( नोट : गीतहरूमा पनि प्रतिबिम्ब मन पर्छ मलाई । तर अहिलेको स्वार्थी संसारलाई प्रतिबिम्बले पटक्कै छुन्न त्यसैले आजको यो गीत प्रतिबिम्बको फ्रेम बाहिरै रहेर लेखेको छु है भन्दै तपाईंहरुसँग बकपत्र गरेँ है )

20240501

देशको बिजोग भएन : भ्रममा नबाँचौँ, त्यस्तो मानसकिता नबदल्ने हो भने यो देश बन्दै बन्दैन - रबीन्द्र मिश्र

 देशको बिजोग भएन, राप्रपाको चाहिँ बिजोग भयो, होइन त ? 

१- आज अन्तराष्ट्रिय श्रमिक दिवस, श्रमिकहरू लगभग सबैलाई हातमुख जोर्न धौधौ छ – त्यो बिजोग भएन।

२- ६० प्रतिशत नेपाली कृषिकर्ममा छन्। ती पनि श्रमिकै हुन्। अधिकांशलाई हातमुख जोर्न धौधौ छ – त्यो बिजोग भएन।

३- बेस्कन दानवीकरण गरेको ३० वर्षे पञ्चायतकालको ‍औसत आर्थिक वृद्धिदर लगभग ४ प्रतिशत थियो। सो अवधिमा छिमेकीहरू लगायत संसारका धेरै देशको अवस्था त्यस्तै थियो। तर त्यसपछि (अर्थात सन् १९९० पछि) छिमेकीहरूको तिब्र आर्थिक विकास शुरू भयो र बृद्धिदर ६ देखि १० प्रतिशत सम्म पुग्यो। नेपालको औसत वृद्धिदर लगभग ४ प्रतिशत मैँ सिमित रह्यो – त्यो बिजोग भएन।

Former Nepal Police Chief ( IGP ) Sarbendra Khanal Shares Crime-Control Expertise with NYPD Leaders

       Former Nepal Police Chief Sarbendra Khanal with senior NYPD officers .

New York/ America, May 01, 2024 - Former Nepal Police Chief Sarbendra Khanal joined senior officers from the New York Police Department (NYPD) for a discussion on public safety and quality of life in New York City. Khanal shared his experiences with them on Tuesday. The event, held at the General Society Library in Manhattan, brought together a diverse group of stakeholders to discuss strategies for keeping New Yorkers safe.

सिधा कुरा डट कमः समस्या एक, अवसर अनेक !

 

अध्ययनका लागि क्यानडा आउने नेपाली विद्यार्थीहरूको सचेतनाका लागि क्यानडास्थित नेपाली राजदूतावासको सूचना

 क्यानडास्थित नेपाली राजदूतावासको सूचना

अध्ययनका लागि क्यानडा आउने नेपाली विद्यार्थीहरूको सचेतनाका लागि प्रस्तुत गरिएको जानकारी

क्यानडाका विभिन्न शैक्षिक संघ-संस्थाहरूमा अध्ययनका लागि आउनुहुने/आइपुग्नु भएका नेपाली विद्यार्थीहरू र सम्बन्धित सबैको सचेतनाका लागि यो जानकारी प्रकाशित गरिएको छ।

भर्जिनिया राज्यको डिस्ट्रिक १० बाट कंग्रेसमेन उमेदवार एड्रियन पोखरेलको आह्वान

 नमस्कार , म एड्रियन पोखरेल,  

भर्जिनिया राज्यको डिस्ट्रिक १० बाट कंग्रेसमेनका लागि औपचारिक रूपमा मेरो मनोनयन स्वीकृत भैसकेको छ । भर्जिनियामा उक्त पदको निर्बाचनमा उमेद्वार बन्न आफ्नै डिस्ट्रिक्टका १००० जनाको पिटिसन जरूरी थियो , त्यो हामीले सहजै पुरा गर्यौ करीव १६०० जतिको पिटिसन बुझायौं । म अमेरिकी राजनीतिमा संलग्न हुनका लागि मलाई मैले युएस आर्मीमा गरेको सेवाले ठूलो प्रभाव पार्यो । म उमेद्वार भएको क्षेत्रबाट १२ जनाको उम्मेद्वारी  परेको छ । जस्मा नेपाली मूलको म मात्रै छु । मैले भरखरै निर्बाचन आयोगबाट यो क्षेत्रबाट कति नेपालीहरुले अघिल्लो पटकको निर्बाचनमा भाग लिएर रहेछन भनेर बुझ्ने कोशिस मात्रै होइन , त्यसको डाटा नै प्राप्त गरेको छु । उक्त डाटा प्राप्त गर्नका लागि समेत मोटै रकम तिर्नु पर्ने रहेछ । अहिलेसम्म मैले ३ हजार नेपालीहरु यो क्षेत्रमा मतदान गर्न योग्य भएको जानकारी पाएको छु , मसंग भएको डाटाले त्यही देखाउछ । भर्जिनियामा मसंबद्द डेमोक्रेटिक पार्टीको प्राइमरी चुनाब जुन १८ का दिन हुदै छ । त्यसको लागि अर्र्ली मतदान मे ३ बाटै शुरू हुंदै छ । यो प्राइमरी निर्बाचनमा बिजयी बने नोभेम्वर ५ को निर्बाचनमा सजिलै बिजय हासिल गर्न सकिने छ । 

20240430

"बालेन सिटी" भनेर प्रचारित काठमाडौं विश्वकै प्रदूषित शहर बन्यो, वायु प्रदूषण बढेकाले मास्क लगाउन आग्रह

 
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँमा वायु प्रदूषण बढेकाले मास्क लगाउन आग्रह गरेको छ । मन्त्रालयले काठमाडौंको वायु विश्वकै अस्वस्थकरको सूचीमा अग्रस्थानमा रहेको उल्लेख गर्दै वायु प्रदूषणबाट जोगिन अनिवार्य मास्क लगाउन आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले काठमाडौँमा वायु प्रदूषणक अत्यधिक रहेकाले सकेसम्म घर बाहिर अनावश्यक ननिस्कन, यात्रा नगर्न र अत्यधिक प्रदूषित क्षेत्रबाट टाढा रहन अनुरोध गरे । विश्वभरिको वायुप्रदूषणको अवस्था मापन गर्ने ‘वल्र्ड एयर क्वालिटी इन्डेक्स र्‍याकिङ’ अनुसार काठमाडौँको वायु विश्वकै अस्वस्थकरको सूचीमा अग्रस्थानमा छ । 

उपनिर्वाचन-२०८१ को मत परिणाम यस्तो रह्यो !

 

प्रेस स्वतन्त्रतामाथि निरन्तर हमला गर्ने गम्भीर खतरा निम्त्याउन सक्ने तर्फ हामी सचेत हुन जरुरी छ - नेपाल पत्रकार महासंघ

 

अस्थिर राजनीतिको कारण विद्यमान निर्वाचन प्रणाली, स्थायित्वका लागि कांग्रेस र एमाले एकठाउँमा उभिनुको विकल्प छैन - डा. शेखर कोइराला

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशको अस्थिर राजनीतिको कारण विद्यमान निर्वाचन प्रणाली भएको बताउनु भएको छ । उहाँले आफू अभ्यासमा रहेको निर्वाचन प्रणाली परिवर्तन गर्ने पक्षमा दृढतापूर्वक उभिएको स्पष्ट समेत पार्नुभयो । 'राजनैतिक स्थायित्वका लागि निर्वाचन प्रणाली परिवर्तन गर्नैपर्छ ' नेपाली कांग्रेस गौरादह नगर कार्य समितिको नवनिर्मित भवन उद्घाटन गर्दै उहाँले भन्नुभयो, 'यो निर्वाचन प्रणाली रहँदासम्म राजनीतिक स्थायित्व हुँदैन, त्यसका लागि आवश्यक कानुन परिवर्तन गर्ने अभियान नै जरुरी छ ।' नेता कोइरालाले राजनैतिक स्थायित्वका लागि कांग्रेस र एमाले एकठाउँमा उभिनुको विकल्प नरहेको समेत बताउनु भयो । नेता कोइराला विगतदेखि नै कांग्रेस - एमाले सहकार्यको पक्षमा उभिँदै आउनु भएको छ । उहाँले सरकार चलाउने भन्दा पनि देशको संकट समाधान पहिलो प्राथमिकता भएको औँल्याउनु भयो। कुनै पनि देशमा लगानी गर्नुपूर्व दातृराष्ट्रले उक्त देशको ऐन, कानुन के कस्तो छ ? सुशासनको अवस्था कस्तो छ, राजनैतिक स्थायित्व छ कि छैन ? भन्ने कुरा प्राथमिकतामा राख्ने बताउनु भयो । नेता कोइरालाले राजनैतिक स्थायित्व बिना मुलुकको आर्थिक विकास असम्भव हुने दाबी गर्नुभयो ।

20240429

लेखक एबम पत्रकार जयदेब गौतमको निबन्ध सँग्रह "ती निला आँखा" को अमेरिकामा परिचर्चा कार्यक्रम सम्पन्न

लेखक एबम पत्रकार जयदेब गौतमको निबन्ध सँग्रह "ती निला आँखा" को अमेरिकामा परिचर्चा कार्यक्रम सम्पन्न भयो । साँग्रिला डायलगको आयोजना, लेखक, साहित्यकार सिता पाण्डेको अध्यक्षता, प्रकाश नेपालको सन्चालन, मन्जु थापाको स्वागत मन्तब्यमा सम्पन्न उक्त कार्यक्रममा पूर्व प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालले बिशेष अतिथिको रुपमा कृतिको बारेमा र देशको अवस्थाको बारेमा आफ्ना मन्तब्य राख्नु भयो । साहित्यकार, लेखकहरु कृष्ण धराबासी, रामप्रसाद खनाल, प्रेम सँग्रौला, बसन्त श्रेष्ठले पनि कृतिका बारेमा प्रकाश पार्दै लेखकलाई बधाई ज्ञापन

सर्वोच्च अदालतले अवहेलना मुद्दामा सिधाकुरा डटकमको टिमलाई बयान गराउने आदेश, सिधाकुराले ‘द डार्क फाइल’ शृङ्खलाका भिडियो सामग्री हटायो

 सर्वोच्च अदालतले अवहेलना मुद्दामा सिधाकुरा डटकमको टिमलाई बयान गराउने आदेश गरेको छ । न्यायाधीशहरू नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले तथ्य जाँचका निम्ति सिधाकुराको टिमलाई बयान गराउने आदेश गरेको हो । सिधाकुराले ‘द डार्क फाइल’ शीर्षक दिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ‘स्टिङ अपरेसन’ रोक्न सर्वोच्चका वरिष्ठतम न्यायाधीशसहित मिडिया मालिक र वरिष्ठ अधिवक्ताहरूले ‘सेटिङ’ गरेर फैसला गरेको भन्दै शृंखला प्रस्तुत गरेको थियो । सिधाकुराले फैसलामा संलग्न नै नभएका वर्तमान वरिष्ठतम न्यायाधीश डा. आनन्दमोहन भट्टराईको नाम मुछेपछि सर्वोच्चले आफैँ सरोकारमा लिएर (सुमोटो) अदालतको अवहेलनासम्बन्धी कारबाही चलाएको थियो । सर्वोच्चका उपरजिष्ट्रार गोविन्दप्रसाद घिमिरेले आइतबार दायर गरेको निवेदनमा सोमबार सर्वोच्चको संयुक्त इजलासले यस्तो आदेश गरेको हो ।

20240428

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन अध्यादेश, २०८१ जारी

 राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१ जारी गर्नुभएको छ । तेस्रो लगानी सम्मेलन सुरु भएकै दिन जारी उक्त अध्यादेशमार्फत लगानीकर्तालाई लगानी प्रवद्र्धनका लागि थप सुविधा होस् भन्ने उद्देश्यले लिइएको छ । अध्यादेशले लगानीकर्ताबाट सञ्चालन हुने आयोजनामा जग्गाको मुआब्जा निर्धारण गर्दा रजिष्ट्रेसन प्रयोजनका लागि निर्धारण गरिएको न्यूनतम मूल्याङ्कनको तीन गुणाभन्दा बढी मुआब्जा रकम निर्धारण नगरिने व्यवस्था गरेको छ । अध्यादेशमा जग्गा प्राप्ति ऐन, २०३४ मा संशोधन गरी दफा १६ को उपदफा (२) पछि देहायको उपदफा (३) थपिएको छ । उक्त दफामा भनिएको छ, “यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भ एपनि यस दफाबमोजिम मुआब्जा निर्धारण गर्दा रजिष्ट्रेसन प्रयोजनका लागि निर्धारण गरिएको न्यूनतम मूल्याङ्कनको तीन गुणाभन्दा बढी मुआब्जा रकम निर्धारण गरिने छैन ।”

 

20240427

अपरिपक्व राजनीतिको छायाँमा कतारी अमिरकाे नेपाल भ्रमण

आन्तरिक राजनीतिका मौलिक मान्यता र स्वायत्ततामा सम्झौता हुँदा त्यसले कूटनीतिको रुप, सार र एजेन्डालाई स्वत: प्रभावित गर्छ। विगत १८ वर्षमा नेपालले आन्तरिक राजनीति र बाह्य कूटनीतिमा स्पष्टसँग विदेशी प्रभाव भोग्दै आएको छ। तर, त्यसबाट पाठ सिकेर मुलुकले स्वतन्त्ररुपमै आफ्नो कूटनीति सञ्चालन गर्नुपर्छ भन्ने मान्यता १८ वर्षयताका शासकमा देखिएको छैन। हरेक सत्ता उत्तर, दक्षिण या सुदूर पश्चिमनिकट या विरोधीका रुपमा चित्रित गरिने गर्छन्, र कुनै पनि सत्ता या दललाई नेपालपक्षीय सत्ताका रुपमा मान्न आम नेपालीहरु तयार छैनन्।

लुम्बिनी प्रदेश सभाले आयोजना गरेको संघीय संसद् र प्रदेश सभा तथा सचिवालयबीच अन्तर व्यवस्थापिका भेला पाल्पा घोषण पत्र जारी गर्दै सकियो


 लुम्बिनी प्रदेश सभाले आयोजना गरेको संघीय संसद् र प्रदेश सभा तथा सचिवालयबीच अन्तर व्यवस्थापिका भेला पाल्पा घोषण पत्र जारी गर्दै सकिएको छ । वैशाख १३, १४ र १५ गते पाल्पाको तानसेनमा भएको संघ तथा ७ वटै प्रदेशका सभामुख, उपसभामुख तथा सचिवहरुको भेला सात बुँदे पाल्पा घोषणपत्र जारी गर्दै शनिबार सकिएको हो ।

कहिलेसम्म फर्किनु पर्ने हो बिदेशबाट काठको बन्द बाकसमा नेपालीहरुको लाश ? खोइ राज्य को दायित्व ??


  रोजगारीका लागि केही वर्षअघि संयुक्त राष्ट्र इमिरेट्स (यूएई) पुगेका काठमाडौं महानगरपालिका–४ का आशिष महर्जन शुक्रबार दिउँसो काठको बाकसमा फर्किए । यूएईमा भिसा सकिएर गैरकानुनी बनेको अवस्थामा महर्जनको गत २५ फ्रेब्रुअरीमा हृदयाघातका कारण असामयिक निधन भएको थियो । ‘धन ल्याउँछु भन्दै गएका थियौ, उडेर आकाशमा कस्तो भई गयौ कस्तो भई आएऊ ! काठैको बाकसमा बोल माया एक वचन बोल तिम्रै बोली छ मलाई अनमोल !’ भन्ने गीत परिवारका लागि बास्तविक बन्यो । उनी भिजिट भिसामार्फत यूएई पुगेका थिए । मृतकको परिवारबाट शव नेपाल पठाइदिनका लागि सहयोगको आग्रहसहितको निवेदन नेपाल एसोसिएसन (एनआरएनए एनसीसी) यूएईलाई प्राप्त भएको थियो । निवेदन प्राप्त भएपछि एनआरएनए अध्यक्ष विकास शाहीले मृतकको शव नेपाल पठाउने प्रक्रिया अघि बढाएका थिए ।